बिहीबार, १ साउन २०८२

६० सेकेण्डमै मानव स्वरुपबाट स्पोर्टस् कारमा बदलिने अनौठो रोबोट (भिडियोसिहत)

समयपोष्ट २०७५ वैशाख १९ गते ७:३४

जापानले भर्खरै मात्र ६० सेकेण्डमा कारमा परिणत हुँने अत्याधुनिक रोबोट तयार गरेको छ । राजधानी टोकियोमा आयोजित एक समारोहमा यो रोबोटको प्रदर्शनी गरिएको छ । ‘जे डाइट हाफ’ नाम गरेको उक्त रोबोट साढे ३ मिटर अर्थात् १२ फिट लामो छ । कारको रुपमा यो ४ मिटर अर्थात् १३ फिट लामो हुन्छ ।

यो रोबोट मान्छे जस्तै हिड्न सक्दछ भने कारमा बदलिएको बेला ६० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्दछ । कार दुई सिटर हुन्छ ।

रोबोटको रुपमा प्रतिघण्टा १ सय मिटर मात्र हिड्न सक्दछ । जापानमा बनेको यो रोबोट ६० सेकेण्डमै मानव स्वरुपबाट स्पोर्टस् कार र पुनः मानव स्वरुपमा आउन सक्दछ ।

यस रोबोटको निर्माण जापानी इन्जिनियर तथा ब्रेभ रोबोटिक्सका सिइओ केनजी इशिडाको अगुवाइमा भएको हो । उनी आफैपनि एनिमेसन फिल्ममा शौखिन हुन् । यस किसिमको कार हलिउड फिल्म ट्रान्सर्फमरमा देख्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री