मोदी पटनाबाट सिधै जनकपुर ओर्लिने !

२ दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हेलिकप्टरबाट सिधै जनकपुर ओर्लने भएका छन् ।

मोदीको भ्रमण तयारीको निरीक्षण गर्न मंगलबार जनकपुर पुगेका गृहमन्त्री रामबहादुर थापाले मोदी काठमाडौं नगई सिधै हेलिकप्टरबाट जनकपुर आउन लागेको जानकारी दिए ।

Advertisement

मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सो जानकारी दिएका हुन् ।

बिहारको पटनासम्म हवाइजहाजमा आउने मोदी त्यहाँबाट हेलिकप्टरमा जनकपुर आउनेछन् ।

गृहमन्त्रीका अनुसार मोदीको जनकपुरधाम भ्रमणका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुग्नेछन् । यसपालिको भ्रमणमा मोदी मुक्तिनाथ पनि जाने कार्यक्रम रहेको थापाले बताए ।

थापाले मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको स्पष्ट गरे । यसअघिको भ्रमण पनि मोदी स्थलमार्गबाटै जनकपुर आउने चर्चा थियो । तर अन्तिम समयमा उनी जहाजबाट काठमाण्डु ओर्लिएका थिए । त्यतिबेला पनि मुक्तिनाथ जाने कार्यक्रम भएपनि विभिन्न कारणले रोकिएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री