आइतबार, २३ वैशाख २०८१

तल्लो अरुण भारतको सतलजलाई दिने गरी पीडीए स्वीकृत

समयपोष्ट २०८० जेठ १४ गते १५:१७

Advertisement

लगानी बोर्डले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना विकासको जिम्मा भारतको सतलज जलविद्युत् निगम (एसजेभीएन)लाई दिने गरी परियोजना विकास सम्झौता (पीडीए)को मस्यौदा स्वीकृत गरेको छ ।

आइतबार प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्डको ५४ औं बैठकले ६६९ मेगावाटको तल्लो अरुणको मस्यौदा स्वीकृत गरेको हो ।

सो आयोजनाबाट नेपालले २१ प्रतिशत बिजुली पाउनेगरी मस्याैदा तयार भएको हो । आयकर छुट लगायतका सुविधा भने यस आयोजनामा दिइने छैन ।मस्यौदा दस्तावेजलाई स्वीकृत गरी अनुमोदनका लागि मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने निर्णय भएको बोर्डले जनाएको छ ।

बोर्डको अघिल्लो बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरिसकेको छ ।

Advertisement

आफ्नो उत्पादनको सम्पूर्ण उर्जा निर्यात गर्ने एवं निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी आवश्यक पूर्व तयारी समेत अगाडि बढिरहेको सन्दर्भमा ६६९ मेगावाट क्षमताको यस रुपान्तरणकारी परियोजनाको विकासले मुलुकको आर्थिक-सामाजिक विकासमा महत्वपूर्ण टेवा पुऱ्याउने अपेक्षा गरिएको लगानी बोर्डले जनाएको छ।

त्यस्तै आजको बैठकले ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत परियोजना अघि बढाउने सम्बन्धमा प्रस्तावकसँग १९ जनवरी २०२० मा भएको समझदारी पत्रको पालना सम्बन्धमा पत्राचार गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री