शनिबार, १५ वैशाख २०८१

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

समयपोष्ट २०८० जेठ १३ गते २२:०६


सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

Advertisement

प्रतिनिधिसभाको शनिबारको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभामा सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्नहरूको जवाफ शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए ।

प्रधानमन्त्रीले सबै सांसदहरूलाई एकमत भएर नीति तथा कार्यक्रमको पक्षमा उभिन आग्रह गरेका थिए । त्यसपछि सांसदहरूले प्रधानमन्त्रीलाई स्पष्टिकरण सोधेका थिए । स्पष्टीकरणका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि नीति तथा कार्यक्रममा दर्ता भएका संशोधन प्रस्ताव निर्णयार्थ पेस गरिएका थिए ।

सत्तारुढ दलहरू कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिलगायतका राजनीतिक दलका संशोधनकर्ता सांसदहरूले आफ्ना संशोधन फिर्ता लिएका थिए भने प्रमुख प्रतिपक्षी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका राजनीतिक दलका सांसदहरूको संशोधन फिर्ता नभएपछि बहुमतले अस्वीकृत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री