शुक्रबार, १४ वैशाख २०८१

एसबिआई बैंक र नेपाल रेमिटबिच भुक्तानी सम्झौता

समयपोष्ट २०८० जेठ १२ गते १७:४३

Advertisement

नेपाल एसबिआई बैंक लि. र नेपाल रेमिट इन्टर्नेश्नल प्रा. लि. बिच भुक्तानी सम्झौता भएको छ ।

नेपाल रेमिट इन्टर्नेश्नल प्रा. लि.का बिभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्ट मार्फत पठाएको रेमिट्यान्स रकम नेपाल एसबिआई बैंकका सम्पुर्ण शाखा मार्फत शुक्रबार भुक्तानी सम्झौता भएको हो ।

उक्त सम्झौता, प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याल साथै नेपाल रेमिट इन्टर्नेश्नल प्रा. लि.का प्रमूख कार्यकारी अधिकृत सागर खनालको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल रेमिट इन्टर्नेश्नल प्रा. लि.का नायब महाप्रबन्धक देव वहादूर थापाको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री