शुक्रबार, १४ वैशाख २०८१

आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने

समयपोष्ट २०८० जेठ १२ गते १०:२२

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिनेछन्।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा जेठ ५ गते प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ।

आजकै बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई सभामा निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यसपछि सभामुख देवराज घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई पारित गर्न बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

नीति तथा कार्यक्रम पारित भएपछि संवैधानिक व्यवस्था बमोजिम सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री