मंगलबार, १ साउन २०८१

शिक्षामा २० प्रतिशत बजेट छुट्याउन माग

समयपोष्ट २०८० जेठ ७ गते २१:२४

Advertisement

अनेरास्ववियुले शिक्षामा कूल बजेटको २० प्रतिशत छुट्याउन माग गरेको छ ।

अनेरास्ववियुको यही जेठ ४ देखि ६ गतेसम्म बसेको दोस्रो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष समीक बडालले २० प्रतिशत छुट्याउन माग गर्नुभएको हो ।

अनेरास्ववियुले निजी शैक्षिक संस्थाले दिनुपर्ने अनिवार्य छात्रवृत्तिलाई पनि १० प्रतिशतबाट २० प्रतिशतमा पु¥याउन माग गरेको छ । बैठकले अनेरास्ववियुका केन्द्रीय कमिटीमा रहेका सबैले महिनाको एक दिन शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी वा सामुदायिक विद्यालयमा अनिवार्य स्वयंसेवकीय कक्षा लिने निर्णय गरेको छ ।

यसैगरी, अखिलले सात सय ५३ वटै स्थानीय तहमा विज्ञान, व्यवस्थापन, कानून, खेलकुद, शिक्षा र मानविकी विषयको कक्षा १२ सम्मको नमूना विद्यालय सञ्चालन गर्न आवश्यक जनदबाव दिने निर्णयसमेत गरेको छ ।

Advertisement

अखिलले आयोजना गर्ने कार्यक्रममा खादा नलगाउने, प्रत्येक कार्यक्रममा एकजना महिला वक्ता अनिवार्य, पार्टीका नेताको जन्मदिनमा केक नकाट्ने जस्ता निर्णय गरेको छ । यस्तै, अखिलले सङ्गठन निर्माणको महाअभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अध्यक्ष बडालका अनुसार जेठदेखि असोजसम्म १० हजार कमिटी निर्माण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री