शुक्रबार, २७ असार २०८२

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई “कास्की मोडेल हस्पिटल” मा विशेष छुट

समयपोष्ट २०८० जेठ ४ गते १३:२३

Advertisement

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन पोखराको न्यूरोड स्थित कास्की मोडेल हस्पिटलसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले पोखराको न्यूरोडमा स्थित कास्की मोडेल हस्पिटलमा विभिन्न सेवा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैङ्कको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री