बुधबार, २६ वैशाख २०८१

यूनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

समयपोष्ट २०८० वैशाख २५ गते १६:१६

Advertisement

यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को विशेष साधारण सभा आज काठमाण्डौंमा सम्पन्न भएको छ ।

साधारणसभाले यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लि. एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले यूनाइटेड तथा अजोड इन्स्योरेन्स एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” तथा अंग्रेजीमा “यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” कायम हुने गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
यी हुन् साधारणसभाले पारित गरेका विशेष प्रस्ताव :

-यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लि. एक आपसमा गाभ्ने÷गाभिने प्रयोजनका लागि मूल्याङ्कनकर्ता एस.आर.पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सबाट तयार गरिएको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लिमिटेडको चल÷अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १००ः८२.५ कायम गर्ने गरी गाभ्ने ÷गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

Advertisement

-यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लि. एक आपसमा गाभ्ने÷गाभिने (ःभचनभच) सम्बन्धी सहमति पत्र (ःझयचबलमगm या ग्लमभचकतबलमष्लन), अन्तिम सम्झौता पत्र (क्अजझभ या ब्चचबलनझभलत) तथा अन्य भए गरेका सम्झौताहरु लगायत सम्पूर्ण काम कारवाहीको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरियो ।

– यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लि.एक आपसमा गाभ्ने÷गाभिने (ःभचनभच) प्रयोजनका लागी दुबै कम्पनीको चल ÷अचल सम्पति दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन (म्गभ म्ष्ष्निभलअभ ब्गमष्त) तयार गर्न नियुक्त गरेका लेखापरीक्षक÷मूल्याङ्कनकर्ता एस.आर.पाण्डे एण्ड कम्पनी (क्।च्। एबलमभथ ७ ऋय।) चार्टर्ड एकाउण्टेण्ट्सको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गरियो ।

-यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लि. एक आपसमा गाभ्ने÷गाभिने (ःभचनभच) प्रयोजनका लागी भएको सम्झौता बमोजिम सोको आवश्यक स्वीकृतिका लागी नियमनकारी निकायमा निवेदन दिने र गाभ्ने÷गाभिने (ःभचनभच) कार्यसँग सम्बन्धित प्रचलित कानून, निर्देशनहरु बमोजिम अपनाउनुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु एवं प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृति लिने तथा सो सम्बन्धमा नियमनकारी निकायहरुबाट निर्देशन गरे बमोजिमका कागजात तथा विवरणहरु तयार गर्ने, सो उपलव्ध गर्ने र गराउने र गाभ्ने÷गाभिने (ःभचनभच) कार्य सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्न विशेष प्रस्ताव पारित ।

-यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पछि गठन हुने सञ्चालक समितिमा यस कम्पनीको तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई दिने तथा गाभिए पछि बन्ने सञ्चालक समितिमा अजोड इन्स्योरेन्स लिमिटेडबाट भई आउनु हुने सञ्चालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित ।

-यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. को साविक सञ्चालक समितिका सदस्यहरुको कार्यकाल जतिसुकै बाँकी रहेता पनि गाभ्ने÷गाभिने (ःभचनभच) कार्य सम्पन्न भई साबिक दुबै कम्पनीबाट प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठन भए पश्चात विद्यमान सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछि बन्ने कम्पनीको वार्षिक÷विशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव पारित ।

-यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लि. एक आपसमा गाभिए पछि कम्पनीको केन्द्रिय कार्यालय बागमती प्रदेश काठमाण्डौ महानगरपालिका वडा नं. ११, सुन्धारा, काठमाण्डौंमा रहने तथा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित ।

-यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लि. एक आपसमा गाभिए पश्चात कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व प्रतिशत समेत फेरवदल हुने हुँदा कम्पनीको प्रबन्धपत्र र नियमावलीको दफामा संशोधन गर्ने विशेष प्रस्ताव पारित ।

-यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लि. एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी सम्झौता पत्र अनुसार कम्पनीको नाम, अधिकृत पूँजी, जारी पुँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने अन्य आवश्यक कार्य गर्ने साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा सम्बन्धित दफामा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने । यस सम्बन्धमा गर्नुपर्ने उपरोक्त संशोधनहरु नियमनकारी निकायबाट फेरवदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरवदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री