बिहीबार, २७ वैशाख २०८१

सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं साधारण सभा सम्पन्न

समयपोष्ट २०८० वैशाख २१ गते १७:५०

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं साधारण सभा सम्पन्न भएको छ ।

बुधबार राजधानीमा सम्पन्न साधारण सभाले अध्यक्षको मन्तब्य सहित संचालक समितिको आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, हिसाब, नाफा नोक्सान आय व्यय इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसूचीहरु सहितको वित्तीय विवरणमा छलफल गरी पारित गरेको छ ।

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आथिृक वर्ष २०७९र ८० को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र बर्तमान लेखापरीक्षक जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।

Advertisement

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीको तर्फबाट गरिएको योगदान वापत ७ लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री