सोमबार, ७ जेठ २०८१

रुसी सेनामा लड्न भारतीय पुरुष भर्ती गर्ने ४ जना पक्राउ

समयपोष्ट २०८१ वैशाख २७ गते ६:०३

Advertisement

युक्रेनमा रुसको सेनाको पक्षमा लड्न देशका नागरिकलाई ‘तस्करी’ गरेको आरोपमा भारतीय अधिकारीहरूले चार जनालाई पक्राउ गरेको छ ।

रुसको आक्रमण सुरु भएको दुई वर्षदेखि युक्रेनमा यसका १०औं हजार सैनिक मारिएका छन् र मस्को थप सेनाका लागि विश्वव्यापी खोजमा रहेको छ । द्वन्द्वमा कम्तीमा दुई भारतीय सैनिकको मृत्यु भएको छ, धेरै भर्तीहरूले एएफपीलाई उनीहरूलाई झुटा बहानामा फ्रन्टलाइनमा पठाइएको बताए ।

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)द्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा भनिएको छ कि भारतीय सैनिक भर्ती गर्ने नेटवर्कका लागि अनुवादकका रूपमा रसियामा काम गर्ने एक जनासहित चार व्यक्तिलाई पक्राउ गरिएको छ । ‘मानव बेचबिखन गर्ने यस अन्तर्राष्ट्रिय नेटवर्कमा संलग्न अन्य अभियुक्तविरुद्ध अनुसन्धान जारी छ,’ विज्ञप्तिमा भनिएको छ । अनुसन्धानकर्ताले भारतका १३ स्थानमा छापा मारेको र सोधपुछका लागि कैयौं व्यक्तिलाई हिरासतमा लिएको दुई महिनापछि पक्राउ परेका हुन् ।

त्यसपछि सीबीआईले कम्तीमा ३५ वटा भारतीयलाई रुस पठाएको फेला पारेको बताएको थियो । यता, नेपालमा पनि रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षाको माग गर्दै कृतु भण्डारीको नेतृत्वले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताएका छन् ।

Advertisement

रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौंमा धर्ना दिएका थिए । अहिलेसम्म रुसी सेनामा कार्यरत रहेका ३३ नेपालीले ज्यान गुमाइसकेका छन् भने धेरै नेपाली घाइते तथा अंगभंग भएका छन् ।

रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको छ । सामाजिक सञ्जाल टिकटकमा सयौं नेपाली युवा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्ध लागिरहेको भनेर भिडियो पोस्ट भने भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री