शुक्रबार, १४ वैशाख २०८१

युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच फोनवार्ता

समयपोष्ट २०७९ जेठ १५ गते १४:३४

Advertisement

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनमा कुराकानी भएको छ ।

शनिबार उहाँहरुले खासगरी युक्रेनको पछिल्लो अवस्था र यहाँका लागि आवश्यक रहेको प्रतिरक्षा सहयोगका बारेमा कुराकानी भएको बताइएको छ । सो कुराको जानकारी युक्रेनका राष्ट्रपति जेलिन्स्किले दिनुभएको छ ।

युक्रेनका राष्ट्रपति जोलिन्स्किीले सामाजिक सञ्जालमा लेख्नुभएको छ– हामीले युक्रेनका लागि आवश्यक प्रतिरक्षा सहयोगका बारेमा कुराकानी गर्यौँ र यो सहयोगलाई थप प्रवद्र्धन गर्ने बारेमा समझ्दारी भएको छ ।त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले संकटका बेलामा युक्रेनका लागि आवश्यक इन्धन आपूर्तिका विषयमा पनि कुराकानी भएको थियो ।

यसअघि यसै महिनाको सुरुआतमा बेलायती प्रधानमन्त्री जोन्सनले युक्रेनका लागि १ अर्ब ६४ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री