मंगलबार, ६ चैत २०८०

लेतेमाथिको पहाडमा ठूलो आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरे

समयपोष्ट २०७९ जेठ १५ गते ११:५१

Advertisement

पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन-एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ ।

टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएका छन् ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक डीएसपी तिलक भारतीले सो क्षेत्रमा ठूलो आवाज आएको जानकारी पाइएको बताए । मुस्ताङबाट दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकप्टर पठाइएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो । विमानमा १९ यात्रुमध्ये ४ जना भारतीय २ जर्मन नागरिकसहित ६ विदेशी र १३ नेपाली यात्रु सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री