बिहीबार, ६ वैशाख २०८१

विमानस्थल बनाउन रोक लगाउँने सर्वोच्चको फैसलाविरुद्ध निजगढबासीको माइतीघरमा प्रर्दशन

समयपोष्ट २०७९ जेठ १४ गते १०:३५

Advertisement

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने भएपछि निजगढ विकास पक्षधर निजगढ बासीले प्रर्दशन गरेका छन् ।

उनीहरुले शनिबार बिहान माइतीघरमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्चको फैसलाविरुद्ध विरोध प्रर्दशन गरेका हुन् ।

निजगढ विकास पक्षधरहरुले कार्यपालिकको कामप्रति हस्तक्षेप बन्द गर वातावरणमात्र होइन विकास पनि अधिकार सबैकुरामा चुप लागि बस्नु हुन्न है सरकार, खर्च हाम्रो भइसक्यो फिर्ता, कसरी आउँछ ? भविष्यमा उड्ने जहाज कहाँ बस्न पाउँछ लगायतका ब्यानर बोकेर नारा लगाएका थिए ।

सर्वोच्च अदालतले बिहीबार निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गरिदिएको थियो । बृहत पूर्ण इजलासले सरकारलाई नेपाललाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री