शनिबार, १५ वैशाख २०८१

नबिल बैंक आईजे ग्लोबल म्यागेजिनको शीर्ष २० बैंकहरूको सुचीमा सूचीकृत

समयपोष्ट २०७९ जेठ १३ गते १६:५७

Advertisement

नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आईजे ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको एक्सक्ल्युसिभ लीन तालिकामा सुचीकृत भएको छ ।

बैंकका अनुसार आईजे ग्लोबल युरोमनी संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। आईजे ग्लोबल तथ्यांकले ३२,००० भन्दा बढी कारोबारहरू, २६,००० परियोजनाहरू र २,१०० कोषहरू समावेश गर्दछ जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८०%, शीर्ष कानून फर्महरूको ९०%, र शीर्ष वित्तीय सल्लाहाकारको ८५% को बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ।

बैंकले भनेको छ, ‘यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारीयोजनाहरु प्रदर्शन गर्दछ । वरीयता लिग तालिकामा नबिल बैंक १४ औ स्थानमा छ, जुन ४–एसबी ग्लोबल सिस्टमेटिकल्ली इम्पोर्टेन्ट बैंक) शीर्ष २० औमा पर्न सफल भएको छ ।
लीग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ ।’

नबिल बैंकले १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बेकिंग साझेदारहरूसँग मार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच व्यावसायिक बैंकिङ्ग सेवा गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री