शनिबार, ८ वैशाख २०८१

साकार हुँदै जित्नैपर्ने दबाब

पत्रपत्रिका २०७९ जेठ ११ गते ६:३०

Advertisement

पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य पक्का हुँदा उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने सुनिश्चित छ । सत्ता गठबन्धनअन्तर्गत एकीकृत समाजवादीबाट मेयर उम्मेदवार आचार्यले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई फराकिलो मतान्तरले पछि पारेका छन् । उनले कायम गरेको मतान्तर मतगणना हुन मतको तुलनामा बढी छ ।

धनराज आचार्य निकतम प्रतिस्पर्धीभन्दा ५ हजार ४ सय ८५ मतान्तरले अघि छन् । उनले ५७ हजार ७२ ल्याउँदा एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८७ मत पाएका छन् । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा मंगलबार रातिसम्म १ लाख ३९ हजार ४ सय ११ गणना भएको छ । अब ३ हजार ८ सय जति गणना बाँकी छ ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ५९ हजार ७० मत प्राप्त गरेकी छन् । सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५५ हजार ८० मत पाएकी छन् । उनीहरूबीच ३ हजार ९ सयको अन्तर छ ।

यसरी मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनीसमेत रहेकी मञ्जुदेवी २०७४ सालको चुनावमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन् । पाँचदलीय गठबन्धनकै उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पारेर विजयी सुनिश्चित गरेकी गुरुङले पोखरामा एमालेको साख बचाएकी छन् । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री