शुक्रबार, १४ वैशाख २०८१

नवयुग श्रेष्ठ राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त

समयपोष्ट २०७९ जेठ १० गते २१:२१

Advertisement

स्ट्राइकर नवयुग श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त भएका छन् ।

मंगलबार एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी दिएको हो ।

प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन् । नेपाली टोली यसअघिका कप्तान किरण चेम्जोङलाई पनि प्रशिक्षक अल्मुताइरीले टिममा सामेल गरेका थिएनन् ।

उपकप्तान रोहित चन्दसहित १० खेलाडीको कदममा किरणले समेत खेलाडीको आधारभूत आवश्यकताको विषयमा कुरा उठाएका थिए । एन्फाले आज नै कतारमा हुने एसिया कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमलाई बिदाई गरेको छ । मंगलबार साँझ औपचारिक कार्यक्रमको आयोजना गरेर एन्फाले खेलाडी बिदाई गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री