शुक्रबार, १४ वैशाख २०८१

भरतपुर महानगरपालिकाको मतगणना स्थगित

समयपोष्ट २०७९ जेठ ९ गते १६:५५

Advertisement

भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ ।

प्रहरीले बिना अनुमति एमालेका कार्यकर्ता गणनास्थलमा प्रवेश गरेको भन्दै पक्राउ गरेपछि गणना स्थगित भएको हो ।

एमालेको दवावपछि प्रहरीले उनलाई केहीबेरमा छाडेपनि तनाव जारी छ । तनावको माहोलको फोटो तथा भिडियो खिच्ने क्रममा एमालेका कार्यकर्ताले पत्रकारलाई दुर्व्यवहार गरेका छन् ।

उनीहरुले ग्यालेसी टिभीको बुम खोस्दै क्यामेराबाट छायाँकनमा समेत अवरोध गरेका छन् । सञ्चारमाध्ययमले अनावश्यक समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै एमाले कार्यकर्ता लक्ष्मी खत्रीलगायतले दुर्व्यवहार गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री