शुक्रबार, ७ वैशाख २०८१

भरतपुर महानगरमा रेनुको सात हजार मतको अग्रता

समयपोष्ट २०७९ जेठ ८ गते ९:००

Advertisement

भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिएकी छन् ।

८९ हजार ५०८ मतगणना गर्दा उनले ३५ हजार ९८ मत प्राप्त गरिन् भने नेकपा (एमाले)का विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गरेका छन्।

उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का हिमला गुरुङलाई १५ हजार ४२६ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३७ हजार ३२६ मत प्राप्त गर्दा गुरुङले २१ हजार ९०० मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरमा हालसम्म १ देखि १७ नं वडासम्मको गणना सम्पन्न भइसकेको छ । अहिले अन्य वडाको मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री