शनिबार, १५ वैशाख २०८१

लामा र पौडेल एआईजीमा बढुवा

समयपोष्ट २०७९ जेठ ६ गते १३:३५

Advertisement

सरकारले नेपाल प्रहरीका डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार लामा र पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

वैशाख २३ मा बढुवा समितिले डिआईजी बसन्त कुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागी सिफारिस गरेको थियो ।

प्रहरीमा ५ एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ । लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अबकाशमा जाँदै छन् । वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डिआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

सो सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको छ । सशस्त्रमा एआईजीको दुईवटा पद खाली भएपनि समितिले पौडेललाई मात्रै सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री