बिहीबार, ६ वैशाख २०८१

अन्नपूर्ण केवलकारका यात्रुका लागि निःशुल्क बस सेवा सुरु

समयपोष्ट २०७९ वैशाख २१ गते १२:१८

Advertisement

पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि बस सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार उक्त बसले केवलकार स्टेशनसम्म यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० मा आम्बोट गेट, ४ः३५ मा गौरीघाट, ४ः४० मा बाराही चोक, ४ः४५ मा सेन्टर पोइन्ट र ४ः५० मा हल्लन चोकबाट पिक अप गर्नेछ ।

सराङकोटको डाँडाबाट माछापुच्छ्रे लगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहने पर्यटकका लागि यो सुविधा प्रदान गर्न लागिएको कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री