अध्यक्षकी प्रत्यासीलाई मतदाताले नै खुट्टा ढोगे

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर विभिन्न शैलीमा भोट मागिरहेका छन्। दलबलसहित मतदाताको घरदैलोमा पुगेका उम्मेदवारहरुको भोट माग्ने शैली पनि फरक–फरक छ।

Advertisement

उम्मेदवारहरू ढोग गर्दै आर्शिवादसहित भोट माग्ने, मतदाताको खुट्टा ढोगेर दाम चढाउने,खेतबारीमा पुगेर मतदातालाई आर्कषित गर्ने, विभिन्न सामाजिक कार्यमा सघाउने तरिकाले भोट मागिरहेको दृष्य देख्न सकिन्छ। तर,म्याग्दीमा एक गाउँपालिका प्रमुखकी उम्मेदवारलाई मतदाताले नै उत्साहित भएर खुट्टा ढोगेका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–६,पाखापानीको फुलडाँडामा गाउँपालिका अध्यक्षका उम्मेदवार मिना विश्वकर्मालाई स्थानीयबासीले खुट्टा ढोगेर बिजयीको शुभकामना दिएका हुन्।

मतदाताको घरदैलोमा पुग्दा खुट्टा समातेर ढोगेपछि नेकपा माओवादी केन्द्रकोतर्फबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार विश्वकर्माको आँखा रसाएपछि भावुक भएकी थिईन्। सामान्य परिवारकी सदस्य गाउँपालिकाको अध्यक्षको उम्मेदवार भई मैदानमा उत्रिएपछि पिछडिएका वर्ग, दलित तथा उत्पिडित समुदायको हकहित हुने भन्दै दलित समुदाय नै उत्साहित भएर ढोगेरै बधाई दिएका छन्। स्थानीय मतदाता र नाताले मामा पर्ने गौबहादुर विश्वकर्माले उम्मेदवारलाई हर्षित भएर खुट्टा नै ढोगेर बधाई दिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। विश्वकर्मा रघुगंगामा गाउँपालिका अध्यक्षमा दाबी गर्ने एक्ली महिला समेत हुन्।

मतदातालाई प्रभावमा पार्न उम्मेदवारहरुले अनौठा सपना देखाउने र क्षणिक मानमर्दन गर्ने संस्कार बढीरहेको समयमा मतदाताले उम्मेदवारलाई बधाई दिँदै खुट्टा ढोगेपछि मिनाको आँखाबाट समेत आँसु खसेको एनेकपा माओवादी केन्द्रका नेता हरि भण्डारीले बताए। ‘दलित समुदायमा उत्साह छाएको छ,‘यसपटक महिलालाई पालिकाको जिम्मा दिनुपर्छ भन्ने आवाज छ’ भण्डारीले भने। यता अध्यक्षकी प्रत्यासी विश्वकर्माले मतदाताको मायाँ र साथले जिम्मेवारी थपिएको बताईन्। ‘गरिबीको घेराबाट पालिकामा पुग्दा धेरै गरिबहरूको सेवा गर्न पाइन्छ, ‘हामी दलित समुदायको लागि यो मिठो अवसरसँगै चुनौति पनि हो’ विश्वर्माले भनिन्।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलितको घरदैलोमा पुग्दा विश्वकर्माको भावुक भाषण गर्दा मतदाताको समेत आँसु थामिएको छैन। बेनी नगरपालिका–१० पात्लेखेत माइती भएकी मिनाको कक्षा १० पढ्दै गर्दा १७ वर्षको उमेरमा मागी विवाह भएको थियो। आजको नागरिक दैनिकमा यो समाचार छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री