
अशोक खनाल/घोराही
लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको लागी मतदान शुरु भएको छ । माओवादी केन्द्रबाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त रहेको पदमा मतदान शुरु भएको हो ।
दाङको घोराहीस्थीत कर्मचारी मिलन केन्द्रमा शुरु मतदानमा नेपाली काङ्ग्रेसबाट दीर्घनारायण पाण्डे र नेकपा एमालेबाट चन्द्र बहादुर खड्का प्रतिस्पर्धामा रहेका छन् । उपनिर्वाचनको लागि स्थानीय तह बाट २१७ र प्रदेश सदस्य ८३ गरि कुल ३०० मतदाता रहेका छन् ।
नेपाली काङ्ग्रेसका उम्मेदवार पाण्डेलाई माओवादी केन्द्र, जनता समाजबादी पार्टी (यादव समूह) र रास्ट्रिय जनमोर्चाको साथ रहेको छ ।

तीनवटा मतदान केन्द्रहरु मध्ये मतदान केन्द्र ‘क’ मा प्रदेश सभा सदस्यहरु, मतदान केन्द्र ‘ख’मा पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष र मतदान केन्द्र ‘ग’मा कोरोना संक्रमण पोजिटिभ देखिएका मतदाताहरूका लागि छुट्याइएको छ ।










प्रतिक्रिया