बुधबार, ९ जेठ २०८१

भारतले पत्ता लगायो कुला गरेर कोरोना जाँच गर्ने विधि, स्वास्थ्यमन्त्रीले भने- गेम चेन्जर साबित हुनसक्छ

समयपोष्ट २०७८ जेठ १६ गते १७:४६

Advertisement

भारतको नागपुरस्थित नेशनल इन्भाइरोमेन्ट इन्जिनियरिङ रिसर्च इन्स्टिच्युट (एनईईआरआई) ले नुनपानीबाट कुला गर्दै कोरोनाको जाँच गर्न सकिने सहज तरिका पत्ता लगाएको छ ।

३ घण्टामै कोरोना भए नभएको पत्ता लगाउन सकिने यस प्रक्रियालाई सलाईन गार्गल आरटी–पिसिआर नाम दिइएको छ । यस प्रविधिलाई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले शनिबार स्वीकृति दिएको छ । एनईईआरआईका अनुसार भारतमा परीक्षण बढाउनका लागि यो प्रक्रिया सहयोगी हुनेछ ।

एनईईआरआईका भिरोलोजी डिपार्टमेन्टका प्रमुख वैज्ञानिक डाक्टर कृष्णा खैरनारका अनुसार यो प्रक्रिया निकै सहज छ । यो प्रक्रिया निकै सरल, तिव्र र आरामदायी रहेको तथा ग्रामिण इलाकामा सहयोगी साबित हुने जनाइएको छ ।
भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्दनले यो प्रविधि गेम चेन्जर साबित हुनसक्ने बताएका छन् ।

कसरी लिन सकिन्छ स्याम्पल ?

Advertisement

–स्याम्पल लिनका लागि एक सामान्य स्याम्पल कलेक्सन ट्युब जरुरी हुन्छ ।

–बिरामीले नुन पानीबाट १५ सेकेन्ड कुला गरेपछि त्यसलाई ट्युबमा हाल्नुपर्छ ।

–स्यामपललाई कोठाको तापक्रममा एनईईआरआईले तयार गरेको विशेष घोलमा राखिन्छ ।

–घोललाई तातो गरेपछि एक आरएनए टेम्प्लेट तयार हुन्छ ।

– यसलाई आरटी–पिसिआरका लागि प्रोसेस गरिन्छ ।

–अन्य प्रक्रियाको दाँजोमा यो निकै सस्तो छ ।

–वेस्टेज निकै कम निस्कने भएकाले पर्यावरणका लागि पनि फाइदाजनक छ ।दैनिक भाष्करबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री