बुधबार, ९ जेठ २०८१

पश्चिम बंगालमा भेटियो झन् खतरनाक कोरोनाको नयाँ भेरियन्ट

समयपोष्ट २०७८ जेठ १६ गते ११:३१

Advertisement

भारतको पश्चिम बंगालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । २ हजार भाइरल जीनोमहरूको विश्लेषण गर्दा नयाँ भेरियन्ट फेला परेको हो ।

मेडआरएक्सआईभी जर्नलमा प्रकाशित लेखमा उल्लेख गरिए अनुसार यो भेरियन्ट यसअघिका भन्दा बढी संक्रामक रहेको छ । उनीहरुले गत जनवरीदेखि मार्चसम्म जम्मा गरेका जिनोमहरुको विश्लेषण पनि यस्तो तथ्य पत्ता लगाएका हुन् । मेडआरएक्सआईभी जर्नलले प्रारम्भिक वैज्ञानिक रिपोर्ट प्रकाशित गर्दै आएको छ ।

भारतमा पछिल्लो समय दुई प्रकारको कोरोना भेरियन्ट देखिएका छन्, पहिलो बी।१।६१७ र दोस्रो बी।१।६१८ । बी।१।६१७ भेरियन्ट गत फेब्रुअरीदेखि भारतका धेरै व्यक्तिमा देखापरेको छ ।

यही भेरियन्ट गत फेब्रअरीको अन्तिमतिर बेलायत, अमेरिका र सिंगामपुरमा पनि देखिएको थियो, जुन मे महिनासम्म आइपुग्दा ६० भन्दा बढी देशमा फैलिसकेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री