घनश्याम भुसाललाई शंकर पोखरेलले दिए कडा दनक

नेकपा एमालेका नेता घनश्याम भुसालले सामाजिक सञ्जालमा लेखेको स्टेटसको जवाफ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फर्काएका छन् ।
नेकपा विवाद, एमाले र माओवादी ब्युत्याउने, संसद विघटन, निर्वाचन घोषणा हुँदै संविधानलाई नै समस्यामा केपी ओलीको उपादेयता सकिने र खिलराजहरुको अभ्यास गर्ने भन्दै स्टाटस लेखेपछि नेता पोखरेलले जवाफ फर्काएका हुन् ।

Advertisement

‘संविधानतः मध्यावधिमा जाँदा ओलीको नेतृत्वलाई अस्विकार गर्न खोज्दा हो, ‘खिलराज रेग्मी’ जन्मिने । अन्यथा जननिर्वाचित नेतृत्व रहन्छ नै ।’ पोखरेलले भनेका छन् ।

तर भुसालले एक वर्षदेखि विवाद बढ्दै जाँदा खिलराज प्रवृत्ति फेरि जन्माउने खेल भएको भन्दै आफू संसदीय मर्यादा नाघेर भए पनि देउवालाई प्रधानमन्त्री बनाउन अघि सरेको बताएका छन् ।

भुसालकाे स्टेटस

मेरो स्पष्टिकरणः

Advertisement

म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिन । दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु । एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो । तर पोहोर सालको बैसाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु । उनले भनेका थिए ः नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।

घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन् । अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।

गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना ।

पोखरेलको जवाफ

प्रतिक्रिया

सम्बन्धित सामाग्री