पछिल्लो २४ घण्टामा संक्रमित घटे, मृतकको संख्या बढ्यो

पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृत्यु भएको छ  भने ६०८० जना निको भएका छन् । यससँगै  निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ भने मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री