हतियारधारी समूहद्वारा धरान प्रहरी चौकीमा आक्रमण, असईको हात काटियो

सुनसरीस्थित धरानको प्रहरी चौकीमा हतियारधारी समुहले आक्रमण गर्दा पाँच प्रहरी घाईते भएका छन् ।

Advertisement

बिहीबार साँझ ६ वटा मोटरसाइकलमा आएका दर्जन बढी युवाहरुले धरान १५ बाझगरस्थित वडा समिति कार्यालयको अगाडि रहेको प्रहरी चौकीमा आक्रमण गर्दा पाँचजना प्रहरी घाइते भएको बताईएको छ ।

प्रहरी चौकीका इन्चार्ज असई सुमन दाहालको हातमा गहिरो चोट लागेको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका दर्जन बढी हतियारधारी युवाहरुले प्रहरीमाथि नै आक्रमण गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री