संसारकै पहिलो केस : संक्रमणपछि व्हाइट फंगसबाट फुड पाइप,सानो र ठूलो आन्द्रामा क्षद,यस्ता ब्यक्तिलाई सबैभन्दा बढी जोखिम
दिल्लीको सर गंगाराम अस्पतालमा व्हाइट फंगसकोबाट कोरोना संक्रमित विरामीको स्वास्थमा जटिल समस्या आएको तथ्य सार्वजनिक भएको छ । जुन संसारकै पहिलो केस बताईएको छ ।
चिकित्सकहरुका अनुसार कोरोना संक्रमित विरामीको संक्रमणपछि फूड पाइप, सानो आन्द्रा र ठूलो आन्द्रामा प्वाल भेटियो । जाँच पड्तालपछि त्यसको मुख्य कारण व्हाइट फंगस रहेको पुष्टि भयो । त्यसपछि चिकित्सकहरुले चार घण्टा लगाएर उक्त विरामीको सर्जरी गरे । प्वाल टालिदिएपछि एंटीफंगल ट्रीटमेंट शुरू गरियो ।
के हो केस ?
१३ मे मा एक ४९ वर्षिय महिलालाई सर गंगाराम अस्पतालको इमरजेंसीमा लगियो । ती महिलालाई बेस्सरीे पेट दुखेपछि अस्पताल पुर्याइएको थियो । ती महिलालाई उल्टि र कब्जियत भएको थियो । केही समयअघि मात्र क्यान्सरका कारण उनको एउटा स्तन अपरेसन गरेर हटाईएको थियो । उनलार्ई स्वासप्रस्वासमा पनि समस्या आईरहेको थियो ।
जाँच गर्दा के पुष्टि भयो ?
सिटी स्क्यान गर्दा उनको पेटमा लिक्विड र एयर देखियो । यसबाट चिकित्सकहरुले आन्द्रामा क्षद भएको पत्ता लगाए । त्यसपछि चिकित्सकहरुले चार घण्टा लगाएर उक्त विरामीको सर्जरी गरे । प्वाल टालिदिएपछि एंटीफंगल ट्रीटमेंट शुरू गरियो ।
व्हाइट फंगस भएको पत्ता कसरी लाग्यो ?
डॉ. अनिल अरोड़ा र डॉक्टर नंदीका अनुसार सर्जरीपछि आन्द्राको एक भाग बायोप्सीको लागि पठाइयो । ।जसबाट आन्द्रामा व्हाइट फंगस भएको पुष्टि भयो ।
डॉ. अरोड़ाका अनुसार क्यान्सर त्यसको लागि गरिएको केमो थेरापिले र कोरोना संक्रमणले बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएको थियो । डाक्टरका अनुसार व्हाइट फंगसले सामान्यतया त्यती धेरै नोक्सान गर्दैनन् । केमो थेरापी र कोरोना संक्रमणले प्रतिरोधात्मक क्षमता कम हूँदा स्वास्थमा जटिल समस्या आएको बताईएको छ । बिरामीको केही दिनपछि डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।
सबैभन्दा बढी जोखिम कसलाई ?
चिकित्सकहरुका अनुसार अक्सिजन सपोर्ट लिईरहेका कोरोना संक्रमित,क्यान्सर र सुगरका बिरामी, धेरै यान्टिवायोटिक्स प्रयोग गर्ने विरामी, सर्जरी र अंग प्रत्यारोपण गरेका ब्यक्ति,रोग प्रतिरोधात्मक क्षमता कम भएका ,किड्नी फेल भएका अथवा डायलाइसिस गरिरहेका र आइ सि यु मा लामो समय रहेका बिरामीहरुलाई अत्यन्त जोखिम हुन्छ । दैनीक भाष्करबाट
प्रतिक्रिया