आज पनि घटे संक्रमित, निको हुँने बढे
समयपोष्ट
२०७८ जेठ १३ गते १६:४१
पछिल्लो २४ घण्टामा थप ६७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९९२ जनाकाे परीक्षण गर्दा ६ हजार ७३१ जनामा पोजेटिभ देखिएको हो । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ ।
हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।
यस्तै उपत्यकाको काठमाडौँ जिल्लामा १७३८ जनामा, ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया