
प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका १९ वटा निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।
सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा जारी छ ।
१९ वटा निवेदनमध्ये केहीमा सरकारलाई अनुकूल हुने निवेदनहरु पनि छन् । तिनमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा निरन्तरता दिनुपर्ने र तोकिएको समयमा निर्वाचन हुनुपर्ने मागसमेत छ । आजको सुनुवाइमा ती निवेदन संवैधानिक इजलासमा लैजाने–नलैजाने निर्णय हुने बताइएको छ ।
पहिल्यै संवैधानिक इजलासमा तोकिएका निवेदनको पालो भने शुक्रबार आउनेछ । विपक्षी दलहरूसहितको गठबन्धनले पनि १४६ सांसदको हस्ताक्षरसहित संसद् पुन:स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी निवेदन दर्ता गराएको छ । उक्त निवेदनको शुक्रबार मात्र सुनुवाइ हुनेछ ।









प्रतिक्रिया