
उपत्यकामा बैकिंग तथा वित्तिय क्षेत्रका कर्मचारीले अब देखि दिउँसोमा सवारी साधन चलाउन नपाउने भएका छन् । उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।
प्रजि हरुको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई नयाँ तरिकाबाट कडाई गर्न लागेको हो । नयाँ निर्देशन अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सावरी साधनहरु बिहान ९ बजेदेखि १०ः ३० सम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न दिने भएको छ ।
कोरोना संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा पत्रकार तथा सञ्चारकर्मीहरुलाई समेत हिँडडुलमा कडाई गरिएको छ । मंगलवार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीको बैठकले त्यस्तो निर्णय गरेको हो ।
जस अनुसार अब पत्रकार तथा सञ्चारकर्मीहरुलाई सूचना विभागका प्रेस बिना हिँडडुल गर्न नपाइने भएको छ । सूचना विभागको प्रेस पास नभएका संचारकर्मी र कर्मचारीको हकमा आधिकारीक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पासको आधारमा हिँडहुल गर्न पाइने छ ।
‘पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवत जावतमा सहजीकरण गर्ने । सूचना विभागको प्रेस पास नभएका सञ्चारकर्मी र कर्मचारीको हकमा आधिकारीक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासको आधारमा मात्र आवत जावत गर्न सकिने ।’ जारी विज्ञप्तिमा भनिएको छ ।










प्रतिक्रिया