उपत्यकामा निषेधाज्ञा एक साता थप : किराना र डिपार्टमेन्ट स्टोर बन्द, के-के खुल्छन् ?

काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा थप हुँने भएको छ ।

Advertisement

मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला सहभागी बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँदै छ ।

यस्तै बैठकले निषेधाज्ञा जारी गरेपछि कोभिड–१९ संक्रमण कन्ट्रोल भएको निष्कर्ष निकाल्दै उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ ।

तरकारी पसल मात्रै खोलिने साथै किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय जेठ १४ गतेबाट लागु हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद जानकारी दिए ।

Advertisement

यस्तै बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री