
प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबिच बालुवाटारमा भेट भएको भन्ने समाचारप्रति सर्वोच्च अदालतले ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार सर्वोच्चका सह प्रवत्ता देवेन्द्र ढकालल विज्ञप्ती जारी गर्दै विभिन्न सञ्चार माध्यममा आएका उक्त समाचारमा कुनै सत्यता नभएको बताएका छन् । विज्ञप्तीमा सत्य तथ्य र यथार्थ नबुझि समाचार प्रकाशित हुनु दुखद् भएको भन्दै कानुन र पत्रकार आचारसंहिता विपरित समेत प्रतिकुल हुँने हूँदा कानुनी दायरामा आउन सक्ने तर्फ सचेत गराइएको छ ।
विज्ञप्तिमा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहीन र भ्रामक समाचार सच्याउन समेत ध्यानाकर्षण गराइएको छ ।










प्रतिक्रिया