
नेपालमा एकैपटक ४९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल बाल संगठन अन्तर्गत उपत्यकाको नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ४९ जना बालबालिकामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित बालबालिकाहरू ८ महिनादेखि १८ वर्षसम्म उमेर समूहका छन् । केही अपाङ्गता भएकाहरू पनि छन् । उनीहरूमा खोकी, ज्वरोलगायतका सामान्य लक्षण देखिएको बताईएको छ ।
सिफलका ७० जनाको परीक्षण गर्दा अहिलेसम्म ३६ जनामा पोजिटिभ देखिएको छ भने नक्सालको बालगृहमा रहेकाको पनि केयर टेकरसहित २३ जनामा संक्रमण देखिएको छ । रिपोर्ट आउने क्रम जारी रहेकोले यो संख्या बढ्न सक्ने संगठनका महासचिव समिक बडालले जानकारी दिए ।









प्रतिक्रिया