
पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै काठमाडौं उपत्यकामा आज २७ सय ८५ जनामा कोरोना पुष्टि भएको छ । काठमााडौमा १८०६, ललितपुरमा ६ सय ८१ र भक्तपुरमा २ सय ९८ गरी २७ सय ८५ मा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना निको भएका छन् । कोरोनाका संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको ।
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ । देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।










प्रतिक्रिया