
नकेपा एमालेका माधव नेपाल पक्षका नेता भिम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिन जरुरी नभएको बताएका छन् ।
ओली आफै अवैधानिक भैसकेकोले उनले सोधेको स्पष्टीकरणको कुनै अर्थ नभएको भन्दै नेता रावलले आफ्नो समूह नै स्पष्टीकरणको जवाफ नदिने निष्कर्षमा पुगेको बताए ।
नेता रावलले भने,‘पार्टी एकताको कुरा भइरहेका बेलामा संविधानको धारा ४ पनि उल्लंघन गर्ने, ५ पनि उल्लंघन गर्ने, प्रतिनिधिसभा विघटन गर्ने र हामीलाई फेरि स्पष्टीकरण सोध्ने केपी ओलीको यो निरंकुश स्वेच्छाचारी, पार्टी विधान र कानुन विपरितको कामलाई पूर्णरुपमा हामी अस्वीकार गर्छौ’, नेता रावलले ओलीमाथि प्रश्न गरे, ‘के यो एमाले पार्टी ओलीको आफ्नो कम्पनी हो ? बपौती हो ?’
शनिबार बसेको एमाले स्थायी समिति बैठकले शुक्रबार प्रधानमन्त्री पदका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दावीमा हस्ताक्षर गरेको भन्दै नेता नेपालसहित उनी पक्षका ११ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।









प्रतिक्रिया