
पाँच राजनीतिक दल आबद्ध गठबन्धनले राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध सर्वोच्च अदालत जान हस्ताक्षर र नागरिकता संकलन थालेको छ ।
आइतबार सिंहदरबारस्थित काँग्रेस संसदीय दलमा काँग्रेसका सांसद, माओवादी संसदीय दलको कार्यालयमा माओवादी र जसपा संसदीय दलका कार्यदलमा जसपाका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनमा व्यस्त रहेका छन् ।
हस्ताक्षर संकलनपछि विघटित प्रतिनिधिसभाका सांसदहरु दिउँसो सर्वोच्च जाने कांग्रेस महामन्त्री शशांक कोइरालाले जानकारी दिए।









प्रतिक्रिया