सोमबार, ५ साउन २०८२

अभिषेक कै अगाडी ऐश्वर्यालाई विवाह प्रस्ताव राखेपछि…

समयपोष्ट २०७८ जेठ ८ गते १६:०५

बलिउड चर्चित अभिनेत्री ऐश्वर्या रायको धेरै फ्यान फलोइंग छन् । उनले २००७ मा अभिषेक बच्चनसँग विवाह गरेकी थिइन् ।

अहिले सामाजिक सञ्जालमा पुरानो तर रमाइलो भिडियो भाइरल भएको छ । भिडियोमा ऐश्वर्यालाई विवाहको लागि प्रस्ताव गरेको देखिएको छ । ऐश्वर्यालाई विवाहको प्रस्ताव राखेको देखेर अभिषेकले गजब एक्सप्रेशंस सहित जवाफ दिएका छन् ।

भिडियो कान फिल्म फेस्टिवल २०१० को हो । यसमा ऐश्वर्या र अभिषेक फ्यानहरुबाट घेरिएका छन् । दर्शकहरु आफुले चाहेको कलाकार देख्न पाएर उत्साहित छन् । सोही भिडमा एक दर्शकले एक पोस्टर खोल्दै देखाइरहेका छन् जसमा लेखिएको छ, ‘मैरी मी’।

अभिषेकको नजर पोस्टर देखाउने तिर पर्छ र अचानक उनको मुस्कान हराउछ । ऐश्वर्याले इशारा गर्दै भन्छिन्, ‘उनले मसँग विवाह गरेका छन् ।’

अभिषेक र ऐश्वर्याको भेट पहिलो पटक स्विजरल्यान्डमा भएको थियो । ऐश्वर्या ‘और प्यार हो गया’ फिल्मको सुटिङमा थिइन् । पछि दुई जना साथी भए र २०१० मा विवाह गरे । २०११ मा उनीहरुको एक मात्र सन्तान आराध्याको जन्म भएको हो ।

https://www.instagram.com/p/COAlJM-hEPm/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

प्रतिक्रिया

सम्बन्धित सामाग्री