शुक्रबार, १४ वैशाख २०८१

विवेक झा सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालक नियुक्त

समयपोष्ट २०७८ जेठ ७ गते १५:४४

Advertisement

सूर्य लाइफ इन्स्योरेन्सले सञ्चालकमा विवेक झालाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको इन्स्योरेन्सको कार्यकारी समितिले झालाई सञ्चालकमा नियुक्त गरेको हो । त्यसो त झा यसअघि सोही कम्पनीको कार्यकारी भूमिकामा रहेका थिए भने अहिले नीति निर्माताको नेतृत्वमा पुगेका हुन् ।

उनी बीजे इन्भेष्टमेन्ट कम्पनी प्रालिको प्रतिनिधिका रुपमा सञ्चालकमा चयन भएका हुन् । उनी लामो समय नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री