यस्तो निर्णय गर्दै सकियो सिंहदरबारमा बसेको ठाकुर पक्षको बैठक

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले तटस्थ बस्ने निर्णय गरेको छ ।

Advertisement

शुक्रबार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकले सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष ठाकुरले भने, ‘हामीले त सुरुदेखि नै तटस्थ बस्दै आएका छौं । अहिले पनि हाम्रो अवस्था त्यही छ ।’

त्यस्तै जसपा संसदिय दलका नेता राजेन्द्र महतोले आफूले उठाएको माग सम्बोधन गर्दै नागरिकतासम्बन्धी अध्यादेश ल्याउन प्रधानमन्त्री ओली सहमति भएको जानकारी दिए ।

मधेस आन्दोलनका क्रममा पक्राउ परेका १ सय २० जनाको मुद्दा फिर्ता लिएको र अन्य बन्दीहरुको विधि प्रक्रिया पूरा अन्य साथीलाई छोड्ने सहमति भएको उनको भनाइ छ । आफूहरुको माग सम्बोधन गरिररहेकाले प्रधानमन्त्री ओलीको विपक्षमा जान नसक्ने उनले बताए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री