बूढानीलकण्ठमा काँग्रेस बैठक सुरु

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको बैठक शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सुरु भएको छ ।

Advertisement

राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि काँग्रेसले आकस्मिक बैठक बोलाइएको हो ।

बैठकमा पार्टी पदाधिकारी, पूर्व पदाधिकारी र संसदीय दलका पदाधिकारी सहभागी छन् ।

बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका सन्दर्भमा छलफल हुने बताईएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री