संबिधानको व्यवस्था कुल्चने अधिकार न राष्ट्रपतिलाई छ न प्रधानमन्त्रीलाई : झाँक्री

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिले पदिय मर्यादा कायम गर्न नसकेको बताएकी छिन् ।

Advertisement

राष्ट्रपतिले बिहीबार वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि नेतृ झाँक्रीले एउटा प्रधानमन्त्री हुँदाहुँदै अर्को सरकारको आह्वान गर्नु संबिधानको उल्लंघन भएको बताएकी हुन् ।

उनले लेखेकी छिन्,’संबिधानको धारा ७६(३) को प्रधानमन्त्रीले ३० दिन भित्र अनिवार्य ७६(४) अनुसार विश्वासको मत लिनुपर्छ। यदि प्रधानमन्त्रीलाई संसदले विश्वासको मत दिन्न भन्ने लाग्छ भने प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्छ। र बल्ल अर्को सरकार बन्ने आधार बन्छ। एउटा प्रधानमन्त्री हुँदाहुँदै अर्को सरकारको आह्वान गर्नु राष्ट्रपतिले पदीय मर्यादा कायम गर्न नसक्नु हो, संबिधानको उल्लंघन हो। संबिधानको व्यवस्था कुल्चने अधिकार न राष्ट्रपतिलाई छ न प्रधानमन्त्रीलाई। हाम्रो देशको राष्ट्रप्रमुख संबिधानको संरक्षक र कानुनको परिपालक हो।
संसदबाट अर्को सरकार बन्ने अबसर समेत नदिई मिलेमतोमा संसद विघटन र मध्यावधि चुनाव गर्न चाहाने प्रधानमन्त्रीको कदम यो महामारीमा खोप, अस्पताल, औषधि, बेड, अक्सिजन, ICU, Ventilator, नपाएका जनताको पिडा कहाँ जोडिन्छ? महामारीमा मध्यावधि चुनाव गर्ने हो कि? जनताको स्वास्थ्यमा ध्यान दिने हो? जवाफदेही हुनुपर्दैन?’

प्रतिक्रिया

सम्बन्धित सामाग्री