२० लाखको मेडिकल इक्यिुपमेण्ट सहयोग

लुम्बिनी स्थित सु जी फाउण्डेसनका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैंत्री महास्थवीरले लुम्बिनी सा“स्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीलाई मेडिकल उपकरण सहयोग गर्दै । ताईवान स्थित फाउण्डेसनले करिब २० लाख बराबरको मेडिकल उपकरण सहयोग गरेको छ ।

लुम्बिनीको महिलवार स्थित ब्याम्बो रिसोर्टमा रहेको आईसोलेसन सेन्टरलाई सु जी फाउण्डेसन ताईवानले मेडिकल ईक्यिुपमेण्ट सहयोग गरेको छ ।

लुम्बिनी सा“स्कृतिक नगरपालिकाद्वारा संचालित आईसोलेसन सेन्टरलाई व्यवस्थित रुपमा सुचारु गर्न अत्यावश्कीय उपकरण सहयोग मंगलवार प्रदान गरिएको हो ।

Advertisement

ईसीजी मेसिन एक थान, कार्डियक मनिटर ५ थान, हस्पिटल बेड १५ र त्यसमा ओछयाउने मेट्रेस १५ थान प्रदान गरिएको छ । त्यस्तै पिपिई र केएन ९५ मास्क दुई सय थान तथा फेस सिल्ड दुई सय थान सहयोग गरिएकोछ । करिब २० लाख बराबरको सहयोग गरिएको हो ।

लुम्बिनी स्थित सु जी फाउण्डेसनका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैंत्री महास्थवीरले लुम्बिनी सा“स्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीलाई हस्तान्तरण गरे ।

कोरोना भाईरस संक्रमणको महामारीका बेला बुद्ध जन्मस्थल आसपासका जनताको पीडामा थोरै भएपनि राहत दिन आग्रह गरेपछि सहयोग जुटेको भिक्षु मैंत्री महास्थवीरले बताए । सहयोग प्राप्त उपकरणले विरामीको बिपी, सेचुरेसन र रेस्पोरेटरी सिस्टम लगायतका कुरा एकै ठाउबाट मोनेटरिङ गर्न सहयोग पुग्ने स्वास्थ्य संयोजक ध्रुबराज घिमिरेले बताए ।

संक्रमणको अवस्था अन्त्य भएपछि उक्त उपकरण नगरपालिकाले विभिन्न स्वास्थ्य संस्थामा प्रदान गरिने बताएकोछ । सु जी फाउण्डेसनले २०५० देखि नेपालमा मानवीय सहायता प्रदान गर्दै आईरहेकोछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री