
प्रतिष्ठित व्यवसायी तथा आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले चीनबाट २ हजार २५० थान अक्सिजन सिलीण्डर नेपाल ल्याउन लागेका छन् ।
कोरोना महामारीको दोश्रो लहरसंगै नेपालमा देखीएको अक्सिजन सिलीण्डरको चरम अभाबले थुप्रै नेपालीले ज्यान गुमाईरहेको बेला नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष समेत रहेका व्यवसायी मल्होत्राले चीनबाट सिलीण्डर नेपाल ल्याउन लागेका हुन। मल्होत्राको डिएम फाउन्डेशनले सिलीण्डर नेपाल ल्याउन लागेको हो।
चीनबाट ल्याईने २ हजार २५० थान थान सिलीण्डर मध्ये ५०० थान सिलीण्डर अक्सिजनको अभाबमा कोरोना संक्रमितको उपचार गर्न समस्या भएका सरकारी अस्पताललाई निशुल्क बितरण गर्ने उनले जानकारी दिए ।
निजी अस्पताललाई भने अक्सिजन सिलीण्डर खरीदको लागत मुल्यमा दिईने र बाकी सिलीण्डरलाई नेपाल चेम्बर अफ कर्मसलाई निशुल्क उपलब्ध गराउन लागीएको मल्होत्राले बताएका छन।
बिगतको कोरोना महामारीमा मास्कको चरम अभाब हुदा पनि मल्होत्राले दैनिक ८० हजार सम्म मास्क उत्पादन गरी निशुल्क बितरण गरेका थिए।
नेपालमा पछिल्लो समय देखीएको अक्सिजन अभाबलाई परीपुर्ती गर्न सकिने बताउदै मल्होत्राले अब नेपालमा अक्सिजनको अभाब नहुने बताए ।
बिगतको कोरोना महामारीमा मास्कको चरम अभाब हुदा पनि मल्होत्राले दैनिक ८० हजार सम्म मास्क उत्पादन गरी निशुल्क बितरण गरेका थिए।










प्रतिक्रिया