सोमबार, ५ साउन २०८२

पहिलो पटक यसरी भेटेका थिए ऐश्वर्य र अभिषेक

समयपोष्ट २०७८ जेठ ३ गते ८:४७

बलिउड अभिनेत्री ऐश्वर्य राय र अभिषेक बच्चनबिच पहिलो पटक भेट स्विटजरल्यान्डमा भएको थियो ।

लगभग २४ बर्ष अघि बबी देओलले ऐश्वर्यलाई अभिषेकसंग भेटाएका थिए ।

बबी देओललाई जब आफ्ना हितैषी अभिषेक पनि स्विट्रल्यान्डमा नै छन् भन्ने थाहा भयो तब उनले अभिषेकलाई डिनरका लागि बोलाए । अभिषेक बबीसँग भेट्न गए । बबी र ऐश्वर्यको त्यहाँ सुटिङ चलिरहेको थियो । सोही बखत पहिलो पटक अभिषेक र ऐश्वर्यको भेट भएको हो ।

अभिषेक बच्चन र बबी देओल बालसखा हुन् । उनीहरुका पिता अमिताभ बच्चन र धमेन्द्रबीच पनि प्रगाढ सम्बन्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री