बुधबार, ९ जेठ २०८१

कोरोनाबाट बच्न कस्तो मास्क उपयोगी ?

समयपोष्ट २०७८ जेठ २ गते १७:५५

Advertisement

हाल कोरोना भाइरस नेपालमा पनि द्रुत गतिमा फैलिरहेको छ । सरकारले अत्यावश्यक काममा घर बाहिर निस्किदा राम्रोसंग मास्कको प्रयोग गर्न निर्देशन जारी गरिसकेको छ । ठाउँ ठाउँमा राम्री मास्क प्रयोग नगर्नेलाई कारवाही समेत भैरहेको छ । कोरोना भाइरसबाट जोगिन मास्क प्रभावकारी हुँने स्वास्थकर्मीहरुले बताउँदै आएका छन् । त्यसो भए मानिसले कस्तो खालको मास्कको प्रयोग गर्ने त ?

एन ९५ मास्क
एन ९५ अर्थात् यसले भाइरसलाई ९५ प्रतिशतसम्म रोक्ने गर्छ भन्ने मान्यता राखिन्छ । यसको अर्थ एन ९५ मास्क लगाउनेबित्तिकै ९५ प्रतिशत रोकिन्छ भन्ने चाहिँ हुँदैन । यसमा मास्क लगाउने स्टाइल आदिको आधारमा हुन्छ । मास्क लगाउँदा दायाँबायाँबाट हावा नछिर्ने र नियमित मास्कमा हात लगिरहने गर्नु हुँदैन ।

त्यस्तो अवस्थामा यो मास्कले भाइरस र ९५ प्रतिशतसम्म रोक्ने, ब्याक्टेरिया १०० प्रतिशतसम्म, फोहोर १०० प्रतिशतसम्म र पोलिनलाई पनि १०० प्रतिशतसम्म न्यूनीकरण गर्ने सरुवारोग विशेषज्ञहरु बताउँछन् । यो मास्क मेडिकल प्रयोजनमा काम गर्नेहरुको लागि उपयोगी हुने गर्छ । त्यसैले अहिले बजारमा पाइने मास्कमध्ये सबैभन्दा उपयोगी एन ९५ मास्क हो ।

सर्जिकल मास्क

Advertisement

भाइरस न्यूनीकरणको लागि सर्जिकल मास्कले पनि ९५ प्रतिशत नै भाइरसलाई रोक्छ भन्ने मान्यता राखिन्छ । तर मास्क एन ९५ जस्तो गुणस्तरीय भने नहुने विशेषज्ञहरु बताउँछन् ।मेडिकल साइन्स सम्बन्धी जानकारहरु सर्जिकल मास्कले भाइरस ९५ प्रतिशत रोक्छ भने ब्याक्टेरिया, डस्ट र पोलिन समान ८० प्रतिशत रोक्छ भन्ने मान्यता राखिन्छ । यो सामान्यतया सबैले प्रयोग गर्न सक्छन् ।

कपडाको मास्क

कपडाको मास्क आफैँमा भाइरस रोक्नको लागि प्रभावकारी हुँदैन । कपडाको मास्कले भाइरस एक प्रतिशत पनि रोकिँदैन । तर ब्याक्टेरिया, डस्ट र पोलिनको नियन्त्रणमा भने यो ५० प्रतिशतसम्म प्रभावकारी हुने मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री