बिहीबार, १५ चैत २०८०

पाँचखालका किसानलाई हाते ट्र्याक्टर वितरण

RSS २०७८ जेठ २ गते ९:२३

Advertisement

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ र ११ का किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरण गरी कम लगानीमा बढी आम्दानी लिन सकियोस् भन्ने उद्देश्यले हाते ट्र्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका प्रमुख महेश खरेलका अनुसार किसानको ५० प्रतिशत र वडा कार्यालयको ५० प्रतिशत लगानीमा खरिद गरिएको ६० थान हाते ट्र्याक्टर किसानलाई वितरण गरिएको हो । वडा नं ११ को वडा कार्यालयमा भएको कार्यक्रममा नगरप्रमुख खरेल, उपप्रमुख लक्ष्मी दनुवार, वडाध्यक्ष शिवशरण लामा, वडासदस्य हिराकाजी तथा वडासचिवलगायतको उपस्थितिमा स्थानीय किसानलाई ३५ थान हाते ट्र्याक्टर वितरण गरिएको छ ।

त्यस्तै वडा नं ९ मा ट्र्याक्टर वितरण गरेको कार्यक्रममा वडाध्यक्ष किरण श्रेष्ठले २५ थान हाते ट्र्याक्टर किसानलाई हस्तान्तरण गर्नुभएको छ । वडा नं ९ मा हाते ट्र्याक्टर वितरण गरिएको छ । नगरपालिका उपप्रमुख दुनुवारले कम लगानी, समयको बचतका साथै थोरै समयमा धेरै काम गर्न सकिने भएकाले वितरण गरेको बताउनुभयो ।

वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले वडाले ‘एक घर, एक ट्र्याक्टर’ अभियान सञ्चालन गरेअनुरुप ती सामग्री वितरण गरेको बताउनुभयो । यसअघि पनि वडाका ८१ वटा समूहले ट्र्याक्टर वितरण गरिसकेको उहाँले बताउनुभयो । नगरपालिकाका अन्य वडाले पनि किसानका लागि ट्र्याक्टर वितरण गर्ने काम गरिँदै आएको छ । पाँचखाल नगरपालिकाले ‘पाँचखाल नगर, कृषि शहर’ नाराका साथ कृषि क्षेत्रको विकास, प्रवद्र्धन र किसानको हितका लागि विविध कार्यक्रम आयोजना गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री