बुधबार, १२ वैशाख २०८१

कोरोना भाइरसको संक्रमणबाट पूर्व बैंकर श्रेष्ठको मृत्यु, कोरोनाबाटै हिजो साँझ बितेका थिए श्रेष्ठका पिता

समयपोष्ट २०७८ वैशाख २९ गते १५:३५

Advertisement

कोरोना भाइरसको संक्रमणबाट पूर्व बैंकर निरज श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठको बुधबार बिहान बिहान ११ बजे निधन भएको हो । बैंकर श्रेष्ठको पिताको पनि मंगलबार राती ११ बजे कोरोना भाइरस संक्रमणबाटै ज्यान गएको थियो ।

श्रेष्ठ माछापुच्छ्रे बैंकको पुर्व प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । बिचमा केही दिनलाई सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए। तर बोर्डमा लफडा भएपछि उनी कार्यालय नै नगइ बाहिरिएका थिए।

तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए। उनले केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए। एनआईसी एसिया बैंकमा पनि काम गरेका थिए।

श्रेष्ठको श्रीमती र छोरी छन्। दुबै जना विशेष काम परेर दिल्ली पुगेका छन्। दिल्लीमा उनीहरु दुबै जनालाई कोरोना संक्रमण देखिएको थियो। अस्ति संक्रमण मुक्त भएको रिपोर्ट आएको थियो। आज उनीहरु नेपाल आउँदैछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री