शनिबार, ८ वैशाख २०८१

पूर्वराजा ज्ञानेन्द्र संक्रमण मुक्त

समयपोष्ट २०७८ वैशाख २८ गते २१:१०

Advertisement

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

दुई दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको थापाथलीस्थित नर्भिक इन्टरनेशल अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उनको अवस्था अहिले सामान्य छ । यस्तै पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री